Logo

कांग्रेस महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत (पूर्ण पाठसहित)



काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार अपराह्न प्रस्ताव प्रस्तुत् गरेका हुन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाँड्ने कामसमेत जारी रहेको राससलाई जानकारी दिए ।

प्रस्ताव प्रस्तुत् भएसँगै शनिबारैदेखि महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ । महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ ।

गत हप्ता शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ । केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको मुख्सचिव कृष्णप्रसाद पौडेलले बताए ।

FULL TEXTS 



प्रतिक्रिया दिनुहोस्