काठमाडौं, ८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुस ११ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण आज (आइतबार) समापन गर्ने भनिएको बैठक ११ गते बस्नेगरी स्थगित गरिएको एक नेताले जानकारी दिए ।
अधिकांश सदस्यहरुले अध्यक्षद्धय ओली र प्रचण्डको राजनीतिक प्रवितेदनमाथि असन्तुष्टि पोखेपछि त्यसलाई केही परिमार्जनसहित पारित गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको पार्टी निकट उच्च स्रोतले जनाएको छ । अध्यक्ष ओलीले यो बीचमा नेता वामदेव गौतमसँग पनि कुरा गर्ने तयारी थालेका छन् ।




प्रतिक्रिया