Logo

विवाह मण्डपमै बेहुलीमाथि आक्रमण



काठमाडौं ११ पुस ।विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाउँपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वास्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ ।

विवाहमा लिम्बु परम्पराअनुसार सोमबार केटा पक्षले ‘खुक्पा’ बुझाउने क्रममा सरोज लिम्बूलगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो ।

उपचाररत बेहुली प्रतीक्षाका अनुसार उनले पाँचथरका सचिन लिम्बूसँग कात्तिकमा प्रेम विवाह गरेकी थिइन् । प्रेम विवाहलाई हालै माइती पक्षले स्वीकारेपछि लिम्बू संस्कारअनुसार ढोगाउनी लिएर श्रीमानसहित आइतबार माइतीघर आएकी थिइन् ।

पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि प्रतीक्षाले आफू र उनको बीचमा कुनै सम्बन्ध नरहेको दाबी गरिन् ।

बेहुला सचिन भने अस्पतालमा आएर श्रीमतीको हेरचाहमा खटिएका छन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्