Logo

‘निर्देशनअनुरुप काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी’



काठमाडौं, १५ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयले दिएको निर्देशनअनुरुप काम नगर्ने कर्मचारीलाई कारवाही गरिने चेतावानी दिएका छन् ।

आइतबार आर्थिक वर्ष २०७५ र ७६ को प्रथम चौमासिक रिपोर्ट प्रस्तुत गर्दै मन्त्री महासेठले समयसिमाभित्र रहेर काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने उनले चेतावानी दिएका हुन् ।

आगामी ४ वषभित्र मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र महेन्द्र राजमार्गको स्तर उन्नती सक्ने भन्दै योजनाअनुरुप काम नगर्ने कर्मचारीको मूल्यांकन छुट्टै ढङ्गबाट हुने उनको चेतावनी थियो ।

‘हामीले अहिले संघीय सडक निर्देशनालयहरु खोलेका छौँ । राष्ट्रिय गौरव तथा मुख्य–मुख्य सडकका काम चाँडो सक्नका लागि हामीले कर्मचारीहरु पनि खटाएका छौँ र जिम्मेवारी दिएका छौँ । समयमै काम नगर्ने तथा जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई हामी कारवाही गर्छौँ, काम समयमै सकिन्छ’ मन्त्री महासेठले दाबी गरे ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्