Logo

प्रस्तावित प्रधानन्यायाधीश राणाको सनुवाइ स्थगित्



काठमाडौं, १५ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको सनुवाइ स्थगित भएको छ। आइतवार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा राणाको सुनवाइ भइरहेको थियाे।

सांसदहरुले प्रश्न गरिरहँदा ४ बज्यो। संसद सचिवालयका कर्मचारी कार्यालय समय सकिएको भन्दै उठेर हिडे। २ जना सांसद बोल्न बाँकी थियो। कर्मचारी हिडेपछि सभापति लक्ष्मणलाल कर्णले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित गरेका थिए ।

मंगलवार बस्ने बैठकमा राणालाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ। तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्