Logo

नेपालका लागि नयाँ चिनियाँ राजदुत काठमाडौंमा



काठमाडौं,  १५ पुस । नेपालका लागि नयाँ चिनियाँ राजदूत काठमाडौं आइपुगेकी छिन्। चीनले नेपालका लागि नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनलरल मध्येकी एक होउ यान्छीलाई काठमाडौं पठाएको हो।

उनी शनिवार नेपाल आइपुगेकी हुन्। उनले आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्र मन्त्रालयलाई बुझाएकी छन्। आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ दीपक अधिकारीसमक्ष पेश गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्