Logo

अन्योलमा युवावर्ग : विदेश जाउँ की स्वदेशमै जागीर खोजौँ ?



पुष १६, काठमाण्डौ । नेपाली युवाहरुमा स्वदेशमा रोजगारी पाइने आशा र विदेशको नयाँ गन्तव्यको खोजी एकसाथ भइरहेको छ । तर न त स्वदेशमा रोजगारीको अवसर मिलेको छ न त विदेश गएर सहजै काम गर्न पाउने वातावरण । विदेश गएर काम गर्दा आइपर्ने समस्या त झन ठूलो छ ।

दशकौँदेखि वैदेशिक रोजगारीमा जान थालेका युवाहरु अझै पनि स्वदेशमा राम्रो काम पाइन्छ भन्ने विश्वास गर्न सक्दैनन् । नेपालमा भएका दक्ष जनशतिm धमाधम बाहिरिन थालेपछि नेपालको विकास निर्माणका लागि जनशक्ति अभाव हुन थालेको छ ।

यद्यपी सरकारले पाँच वर्षभित्रमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य लिएको छ । सँगसँगै विभिन्न मुलुकलाई रोजगार गन्तव्यको रुपमा सहमति र सम्झौता पनि गरिरहेको छ । यसले सरकाको नीति नै अस्पष्ट देखिन्छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदशमै रोजगारी दिलाउने योजना सुनाइरहँदा यही मन्त्रालयले नयाँ गन्तव्य पनि खोजिरहेको छ । पछिल्लो समय नेपाल सरकार र जापान सरकारको सहमतिमा नेपालबाट दक्ष कामदार जापान लैजाने सहमति भएको छ ।

विदेश गएर काम गर्दैमा भविष्य बन्छ भन्ने सुनिश्चितता पनि छैन । विदेश गएर भोग्नुपर्ने समस्या झन विकराल छ ।

नेपालमै रोजगारी सृजना गर्ने सरकारको लक्ष्य एकातिर छ भने वैदेशिक रोजगारको गन्तव्य बढाउने अभियान अर्कोतिर । सरकारले नै दोहोरो नीति लिएकाले नेपाली युवाहरु पनि अलमलमा छन् । राज्यले स्वदेशमा रोजगार सृजना गरेर युवा वर्गको क्षमता र सीपको प्रयोग गर्नु नै आजको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्