Logo

काठमाडौंमा यसरी मनाईयो छैठौँ नेपाली टोपी दिवस (फोटोफिचर)



काठमाडौं, १७ पुस । ‘नेपाली टोपी स् हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइएको छ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित ५ बर्षयता अङ्ग्रेजी नयाँ बर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।

दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् । जागरुक युवा अभियानको अगुवाइमा मंङ्गलबार बिहान काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा नेपाली टोपी पहिरिएका महिला र पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो । टोपीका साथै उनीहरुले राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए । र्यालीमा सहभागिहरुले ‘देशलाई औपचारिक पोशाकको खाँचो’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

अभियानका संयोजक घनश्याम श्रेष्ठले युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व दर्शाउन नेपाली टोपीको प्रयोग र सम्बर्धनका लागि टोपी दिवसको सुरुवात गरिएको बताए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्