Logo

बमजनमाथिको आरोपमा सत्यता छैन : बोधी श्रवण धर्म संघ



काठमाडौं, १७ पुस । तपस्वी रामबहादुर बमजनले बलात्कार गरेको र मानिस बेपत्ता पारेको समाचारमा कुनै सत्यता नरहेको र कपोकल्पित भएको बमजनको बोधी श्रवण धर्म संघले स्पष्ट पारेको छ ।

संघले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै ज्ञापनपत्र बुझाएको छ ।

संघका संस्थापक एवम् पूर्वमन्त्री मणि लामाले प्रधानमन्त्री ओलीलाई भेटेरै यो विषयमा कुरा गरेका छन् । लामाका अनुसार पत्रपत्रिकामा आएको भरमा बमजनलाई ‘एक्शन’ नगर्ने प्रधानमन्त्री ओलीले विश्वास दिलाएका छन् ।

लामाकै नेतृत्वमा गृहमन्त्री बादललाई उक्त संघले हिजो ज्ञापनपत्र बुझाएको थियो । स्रोतकाअनुसार गृहमन्त्री थापाले पनि बमजनमाथि लागेका आरोपबारे आफू जानकार रहेकोले सत्यतथ्य बाहिर आउने र उनीविरुद्ध कुनैपनि ‘एक्शन’ नलिने वचन दिएका छन् ।

कांग्रेस सभापति देउवालाई पनि संघले ज्ञापनपत्र बुझाईसकेको छ । कसैले ‘एक्शन’ नलिने वचन दिएका छन् । संघले पुस १५ गते प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो । तर, ज्ञापनपत्रमा भने पुस १३ गतेको मिति उल्लेख गरिएको छ ।

संघले ज्ञापनपत्रमा महासम्बोधि धर्म संघ गुरुज्यूलाई मानिसहरु बेपत्ता गरेको संघीन आरोप लगाई योजनावद्ध ढंगले गतिविधिहरु विकसित भैरहेको जनाउँदै गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्