Logo

आर्सनलद्धारा फुलहम पराजित



काठमाडौं,१८ पुष। इङलिस प्रिमियर लिग फुटबलमा गए राती भएको खेलमा आर्सनल विजयी भएको छ ।आर्सनलले फुलहमलाई ४–१को गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरेका थिए ।

जितसंगै पाँचौ स्थानको आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ भने पराजित फुलहम १४ जोडेर रेलिगेसन जोनमा छ ।आर्सनलले चौथो स्थानको चेल्सीसंगको अंक दुरी २ अंकमा झारेको छ ।।रासस



प्रतिक्रिया दिनुहोस्