Logo

‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित



काठमाडौं १९ पुस । नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सरकारले ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम लागु गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको योजनाअनुसार सरकारले बजेटमार्फत कार्यक्रम तय गरी रकमसमेत विनियोजन गरे पनि मन्त्रालयकै कमजोरीका कारण सो कार्यक्रम लागु हुन नसकेको हो ।

स्वास्थ्य मन्त्रालयले बजेटअनुसार स्थानीय तहमा अस्पताल खोल्ने विस्तृत प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेस गर्नुपर्नेमा हालसम्म पनि सो कार्य हुन सकेको छैन । स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयभित्र कार्यरत कर्मचारी सरुवा बढुवा तथा मन्त्रालयको आन्तरिक प्रक्रिया अलमलमा परेका कारण प्रस्ताव मन्त्रिपरिषदमा पुग्न नसकेको हो । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्