Logo

पलाँता आगलागी: नलगाड नगरप्रमुख रावलद्धारा राहत घोषणा



जाजरकोट, १९ पुस । कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नम्बर १ खाँडामा भएको आगलागी पीडित घरपरिवारका लागि जाजरकोटको नलगाड नगरपालिकाले राहत उपलब्ध गराउने नगर प्रमुख टेकबहादुर रावलले बताए ।

नगरप्रमुख रावलले भने ‘सानो सहयोग भएपनि पीडितको घाउमा मलम लगाउने कोसीस गरेका छौ ।’ थोपा थोपा मिलेर सागर बन्छ भनेझैं हामी सबैको सानो सानो सहयोगले पीडितको उद्धारमा ठुलो सहयोग पुग्नेछ भन्ने द्येयकासाथ यो रकम दिने लागेको बताए । नगरप्रमुख रावलका अनुसार नलगाड नगरपालिकाले राहत स्वरुप २१ हजार एक सय एघार रुपैंया दिने जानकारी दिएका छन् ।

पालाताको खडामा भिषण आगलागीहुदा पुरै गाउँ खरानी भएका थियो । अहिले विभिन्न सहयोग दाताहरुले निरन्तर राहत उपलबब्ध गराईरहँदा जाजरकोट जिल्लाबाट पनि सहयोग राहत उपलब्ध गराउने घोषणा गरेको नगर प्रमुखका सहायक लोकेन्द्र बिक्रम शाहीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्