Logo

चीन भ्रमणमा जादाँ ध्यान दिनुहोसः अमेरिका



काठमाडौँ,२० पुस । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल एड्भाइजरीमा चीन भ्रमण गर्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । तर, यस्तो परामर्श आफ्ना नागरिकलाई हतोत्साहित गर्नका लागि नभएको मन्त्रालयले स्पष्ट गरेको छ ।

“अधिकांश अवस्थामा अमेरिकी नागरिकहरुले चीन जानुअघि आफूहरुमाथि निषेधात्मक प्रतिबन्ध रहे नरहेको थाहा पाउन आवश्यक छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले चीनका स्थानीय कानुनको एकपक्षीय कार्यान्वयन गरिने, देश छाड्नबाट एकाएक प्रतिबन्ध लगाइने तथा चिनीया मुलका अमेरिकी नागरिकमाथि प्रताडना दिइने सम्भावनाप्रति सचेत रहन अनुरोध पनि गरेको छ ।

अमेरिकी नागरिकहरुलाई सुरक्षाको अवस्था पहिल्यै विचार गर्न तथा जिनजियाङ र तिब्बतमा कफ्र्यु लागे नलागेको बारेमा पूर्व जानकारी लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन भ्रमणमा जाँदाका जोखिमबारे बुझ्न अनुरोध गरिएको बताउनुभयो । “चीन भ्रमणमा जाँदा जोखिम बढी छन् भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ ।”

चीनको टेलिकम कम्पनी हुवावेका प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई क्यानाडाको भ्यानकुभरमा पक्राउ गरेलगत्तै चीनले आन्तरिक सुरक्षामा खतरा रहेको भन्दै गत डिसेम्बरदेखि हालसम्म ११ जना क्यानाडालीलाई चीनमा पक्राउ गरेको छ ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्