Logo

नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके देशको आर्थिक विकास



काठमाडौँ,२१ पुस । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके मात्र देशको आर्थिक विकास हुने बताउनुभएको छ ।

नेपाली कपडा तथा जुत्ता उत्पादनको प्रदर्शन कक्ष ९गोरखा ट्वीड० को आज लाजिम्पाटमा शुभारम्भ गर्दै उहाँले नेपाली धागो, कपडा तथा जुत्ताका सामानले नै नेपालको पहिचान बढाएको बताउनुभयो ।

कला, संस्कृतिको धनी नेपालमा नेपाली उत्पादनलाई बढवा दिने तथा ती सामानको उपभोग गर्नुपर्ने सुझाव दिदैं उहाँले भन्नुभयो, “हातले तयार पारेको सामान केही महँगो त अवश्य हुन्छ, सस्तोको खोजीमा विदेशी सामान किन्ने बानी त्यागी स्वदेशी सामान किन्ने बानी बसाल्नुपर्छ ।”

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले नेपाली उत्पादनमा विदेशी पर्यटकको उत्साहप्रद आकर्षण रहेको बताउनुभयो । गोरखनाथ ह्याण्डलुम प्रालिका अध्यक्ष दीपबहादुर शाहीले नेपाली उत्पादन पनि गुणस्तर हुन्छ भन्नुभयो ।

चापागाउँस्थित धागो उत्पादन गर्ने कारखाना तथा बलम्बुस्थित गोरखनाथ ह्याण्डलुम कारखानाबाट उत्पादित जुत्ता, कपडा तथा अन्य विभिन्न लुगाफाँटा तथा पाइन्ट प्रदर्शन कक्षमा राखिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्