Logo

‘कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ, पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन’ : सांसद चौधरी



काठमाडौं, २१ पुस । संसदको सार्वजनिक लेखा समितिका सदस्य एवम् नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उपसमितिले आधारभुत आधारमै प्रतिवेदन ल्याएको जिकिर गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले यो प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए । समितिले सोमबार सर्वसम्मतीमा प्रतिवेदन पारित गर्नेपनि उनले विश्वास दिलाए ।

उनले भने,‘कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ । जीवनबहादुर शाही र जीतेन्द्र देवको सवालमा पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन ।’

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो प्रकरणमा जसले गलत गरेको छ उसलाई कडा कारबाही हुनुपर्छ भनेर सार्वजनिक रुपमा बोलिसकेको सुनाउँदै चौधरीले दोषीहरुलाई कडा कारबाही हुनुपर्ने स्पष्ट पारे ।

उनले उपसमितिले प्रतिवेदन ल्याएसँगै सरकारले ३ सदस्यी उच्चस्तरीय छानबिन न्यायिक समिति गठन गर्नुले प्रश्न खडा गरेको पनि गुनासो पोखे । उनले भने,‘कतै उपसमितिको प्रतिवेदन त दराजमा राखिने होईन ? त्यस्तो नहोस् ।’

वाईडबडी विमान खरिद प्रक्रियाको पाईला–पाईलामा घोटाला भएको उनको दाबी छ । उनले भने,‘यो घोटाला गर्ने जो कोही होस, सबैलाई कारबाही गर्नुपर्छ । दोषी उम्किन पाउनुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्