Logo

गुनरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडको लगातार पाँचौ जित



काठमाडौँ,२२ पुस ।म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ।नयाँ प्रशिक्षक गुनरले टिम सम्हालेपछि राम्रो लयमा देखिएको युनाइटेडले लगातार पाँच खेलमा जित निकाल्ने क्रममा रिडिङ फुटबल क्लबलाई दुई–शून्यले हरायो ।

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टिम युनाइटेडको जितमा माटा र रोमेलु लुकाकुले एक–एक गोल गरेका थिए भने खेलको २२ औँ मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माटाले पहिलो गोल गरेका थिए।

त्यसपछि पहिलो हाफको अन्तिममा एलेक्सिस सान्चेजको पासमा लुकाकुले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा दुई–शून्यले अगाडि राखे ।तर दोस्रो हाफमा युनाइटेडले निकै मौका पाए पनि सदुपयोग गर्न सकेन । जसका कारण उसले दुई–शून्यको जित दर्ता गर्दै चौथो चरणमा स्थान बनायो ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्