Logo

समृद्धिको अनुभुति भएनः पुर्व अध्यक्ष ढकाल



शरद रेग्मी : दाङ २२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुइ तिहाइ वहुमतको सरकार गठन भएको नौ महिना सम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश नंवर ५ दाङले आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै व्यवसायी नेता ढकालले यस्तो बताउनुभएको हो । मुलुक कम्तिमा २० बर्ष अन्योलको वातावरणमा रहंदा पनि व्यवसायीहरुले कहिल्यै हौसला नगुमाएर मुलुकलाइ गतिशिल बनाउन लागीपरेको स्मरण गर्दै पुर्व अध्यक्ष ढकालले अन्योल र अस्थीरतामा पनि व्यवसायीहरु हतोत्साहित नभएको स्पष्ट पार्नुभयो ।

रिपोर्टर्स क्लव प्रदेश नंवर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष ढकालले गुजारामुखि अर्थतन्त्रलाइ
प्रतिस्थापन गरी निर्यातमुखि अर्थतन्त्रको विकाश भएमात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष हासिल हुने बताउनुभयो । ‘लगानीमैत्री वातावरण सरकारले बनाइदिनुपर्यो, त्यसमा हातेमालो गर्न हामी संपुर्ण व्यवसायीहरु तयार छौं’—पुर्व अध्यक्ष ढकालले भन्नुभयो, सरकारले व्यवसायीहरुलाइ हतोत्साहित होइन, उर्जाशिल बनाउन आवस्यक छ ।’

साक्षातकार कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले दुइतिहाइ वहुमतको सरकारबाट व्यवसायीहरुले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउंदै समृद्धिको न्यानो ताप अझै पाइनसकेको बताए । ‘अझैपनि आशावादी छौं, हतोत्साहि भएका छैनौं, तर राज्यले देखिने खालका अर्थपुर्ण आर्थिक समृद्धिको अभियान चालोस भन्ने शुभकामना दिन चाहन्छौं’—प्रधानले भन्नुभयो ।

साथै, उहांले समृद्धिको यो अभियानमा दाङका पुर्वपश्चिम र उत्तरदक्षिणमा रहेका धार्मिक धरोहरहरुले आशिर्वाद प्रदान गरुन भन्ने कामना पनि गर्नुभयो।

त्यस अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दाङमा एग्रो इन्डिस्ट्रीजको प्रसस्त सम्भावना रहेको उल्लेख गर्दै, त्यसको वातावरण बनाइदिन स्थानिय सरकारलाइ आग्रह गर्नुभयो ।

‘यहां कृषिजन्य उद्योगको भरपुर संभावना छ, यद्धपि खुर्सानि देखि वेसारसम्म पनि उल्लेख्य रुपमा आयात भैरहेको देखिन्छ, यसलाइ कृषिजन्य उद्योगले समन्वय गर्न सक्छ’—उपाध्यक्ष ढकालले भन्नुभयो । त्यसैगरी यहांका नदिनाला र प्राकृतिक श्रोतबाट पनि आयआर्जन गर्न सकिने प्रसस्त संभावना रहेको पनि उहांले प्रस्ट्याउनुभयो ।

रिपोर्टर्स क्लव दाङका उपाध्यक्ष वालाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विमल गौतमले
गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्