Logo

कामदारको निःशुल्क जीवन बीमा



घोराही, २२ पुस  । दाङमा रहेको टी–मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी–मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा आर्थिकको समस्या नहोस् भनेर बीमा गरिएको बताउनुभयो ।

नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा १५ वर्षे जीवन बीमाअन्तर्गत टी–मार्टले कामदारको एक–एक लाखका दरले बीमा गरिएको उहाँले बताउनुभयो । बीमा कम्पनीलाई बुझाउनुपर्ने रकम टी मार्ट आफैले बुझाउने गरेर बीमा गरिएको हो । जीवन बीमा गरेका कर्मचारी सडक दुर्घटना होस् या अन्य दुर्घनामा परी घाइते भएमा बीमा कम्पनीले उपचारस्वरुप दोब्बर रकम उपलब्ध गराउने हुँदा बीमा गरिएको उहाँले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्