Logo

रोदरहम युनाइटेडको लज्जास्पद हार



काठमाडौं,२३ पौस । जारी ‘एफए कप’ फुटबलको चौथो चरणमा म्यानचेस्टर सिटी प्रवेश गर्न सफल भएको छ ।आईतवार भएको खेलमा रोदरहम युनाइटेडमाथि ७–० को उत्कृष्ट जित निकाल्दै म्यान्चेस्टर सिटी चौथो चरणमा प्रवेश गरेको हो ।

‘होम ग्राउन्ड’को फाईदा उठाउदै राहिम स्टर्लिङ, फिल फोडेन, ग्याब्रियल जिसस, रियाद माहारेज, निकोलस ओटामेन्डी र लेरोए सानेले एक–एक गोल गरेका थिए भने रोदरहमका सेमी अजयीले एक आत्मघाती गोल गरेका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्