Logo

उत्तर कोरियाली नेता किम भ्रमणको असर



काठमाडौं, २४ पुस । उत्तर कोरियाली नेता किम जङ अनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमले सो कुराको पुष्टि गरेको हो । उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जाँदै गरेको हुनसक्छन् भन्ने सोमबारको हल्लापछि यो समाचार आएको हो।

उनी जनवरी ७ देखि १० सम्म उनकी पत्नी रि सोल जुसँग चीनमा हुने उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ । चीन उत्तर कोरियाको प्रमुख कुटनीतिक मित्र शक्ति तथा व्यापार र अन्य सहायताको श्रोत मानिन्छ।

मंगलबार किमको ३५ औँ जन्मोत्सब रहेको बताइएको छ। तर अहिलेसम्म उनको जन्म मितिबारे प्योङयाङले भने कहिल्यै पुष्टि गरेको छैन। किमको यस पटकको तीन दिनको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर भेट चाँडै हुँदैछ भन्ने अनुमानलाई थप टेवा पुग्ने बताइएको छ। यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए। बीबीसी



प्रतिक्रिया दिनुहोस्