Logo

नेकपामा भुकम्प : प्रचण्ड र माधवबीच नयाँ गठबन्धन, ओली अप्ठ्यारोमा



काठमाडौं, २५ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आगामी एकता महाधिवेशन लक्षित गरेर शक्ति सञ्चयको तयारी सुरु भैसकेको छ ।

नेकपानिकट उच्च स्रोतका अनुसार अध्यक्ष ओलीलाई कमजोर बनाउन अर्का अध्यक्ष प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपालसँग नयाँ गठबन्धन बनाउने गृहकार्य सुरु गरिसकेका छन् । पछिल्लो समय ओलीसँग उनको मनमुटाव भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय पार्टीको निर्देशन नमानेकोमा प्रचण्ड रुष्ट छन् । सरकारले पार्टी चलाउन खोजेको आरोप पार्टीभित्रैबाट लागिरहेको बेला प्रचण्डले नेता नेपालसँग गठबन्धन बनाउनु रहस्यमय छ ।

आगामी एकता महाधिवेशन लक्षित गरेर यी दुई नेताबीच गठबन्धन बन्न लागेको हो । उनीहरुबीच भएको भित्री सहमतिअनुसार महाधिवेशनपश्चात् नेपाललाई अध्यक्ष बनाउन प्रचण्डपनि राजी छन् । नेपाललाई अध्यक्ष र प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरि दुवै पक्षका दोस्रो तहका नेताहरुले होमवर्क गरिरहेका छन् ।

ओली सरकारले पूर्ण रुपमा चिनियाँ प्रभावमा काम गरिरहेको भन्ने पनि उनीहरुको गम्भिर आरोप छ । प्रचण्डको तर्फबाट दुई नेताहरुबीच गठबन्धन गर्न जनार्दन शर्मा र मणि थापालगायतका नेताहरुले गृहकार्य गरिरहेका छन् । उता नेता नेपालको पक्षबाट नेताहरु योगेश भट्टराई र घनश्याम भुषालले काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्