Logo

राष्ट्रपति कप छनोट खेलकूद शुरु



कञ्चनपुर, २५ पुस । भीमदत्त नगरपालिकामा दोश्रो नगर स्तरीय माध्यमिक विद्यालय तथा राष्ट्रपति कप छनोट खेलकूद प्रतियोगिता आजदेखि सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले प्रतियोगिता उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा नगरपालिकाका ४३ सामुदायिक र संस्थागत विद्यालयका एक हजार ६ सय ४१ विद्यार्थीले भाग लिएका छन् । सो प्रतियोगितामा ९ सय ११ छात्र र ७ सय ३० छात्रा सहभागी छन ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगिताबाट राष्ट्रपति कप छनौट प्रतियोगिताका लागि खेलाडी छनोट गरिने नगरपालीकाका सामािजक विकास समितिका सभापति हरक सिह धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा भारतको राजधानी दिल्लीमा सम्पन्न इण्डिया अपन अफ इन्टरनेशनल तेक्वान्दोमा स्वर्ण पदक जितेका वडा नं १५ का तेक्वान्दो खेलाडी धिरेन्द्र सिह कठायत र भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टलाई सम्मान गरिएको छ ।

प्रतियोगितामा कबड्डी, भलिबल, एथ्लेटिक्स, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट, कराँते, तेक्वान्दो, उसुलगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्