Logo

शृंखला खतिवडा ख्रीष्टियन धर्म प्रचारमा !



काठमाडौं, २६ पुस । मिस नेपाल शृंखला खतिवडा यतिखेर निकै चर्चामा छिन् । हालै चीनमा सम्पन्न मिस वर्ल्डमा राम्रो परफरमेन्स गरेपछि उनको चर्चा चुलिएको हो । सामाजिक सेवामा क्रियाशील रहँदै आएकी शृंखला नेकपाका सांसद विरोध खतिवडाकी छोरी हुन् ।

सामाजिक सञ्जालमा उनलाई ख्रीष्टियनको पचार गरेको भनेर आरोप लागेको छ । उनका केही तस्बिरहरु भाइरल बनेका छन् । देशकी एक सेलिब्रिटीले धार्मिक आवरणमा प्रचारजन्य क्रियाकलापमा देखिए पछि उनको सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

ख्रीष्टिमसको बेलामा खतीवडा मकवानपुरको कैलाश गाउँपालिकामा पुगेकी थिईन । त्यस क्रममा चेपाङ बस्तिका विपन्न घरपरिवारलाई न्यानो कपडा बाढेकी थिईन । साथै खतीवडाले ख्रीष्टियन पोशाक पनि बाढेकी थिईन । तिनै तस्विर अचेल भाईल बनेका हुन।

सामाजिक सञ्जालमा भेटिएको तस्बिरमा शृंखलाले जाडो ढाक्ने बहानामा क्रिस्चियन धर्म झल्कने टोपी बाँडिरहेको देखिन्छ । सामाजिक सञ्जालमा मिस नेपालले धार्मिक प्रचार हुने खालका टोपी बाँड्न मिल्छ ? भन्दै प्रश्न गरिएको छ ।

त्यस्तै गायिका अञ्जु पन्त खुलेआम रूपमा क्रिस्चियन धर्म प्रचारमा लागेको भन्नेहरु तमाम भेटिन्छन् । उनले बेला बेला दुर्गम गाउँबस्तीमा पुगेर लुगाफाटा, विभिन्न शैक्षिक सामग्री, सके पैसासमेत दिँदै आएकी छन् । पछिल्लो समय नेपालका दुर्गम गाउँबस्तीका अति विपन्न नागरिकलाई विभिन्न सहयोग गरेर धर्म परिवर्तन गराउने काममा चर्चित सेलिब्रिटीनै प्रयोग हुँदै आएका छन् ।

‘क्रिसमस टोपी’ बारे श्रृंखला के भन्छिन ?

श्रृंखलाले धर्म प्रचारको उद्देश्यले नभई रमाइलोका लागि बच्चाहरुलाई क्रिसमस टोपी लगाइदिएको बताइन् । थेम्स कलेजका केही विद्यार्थीहरुले बच्चाहरुलाई सानो उपहारका रुपमा ती टोपीहरु उपलब्ध गराउनुभएको हो । त्यसलाई मैले बाँडेकी हुँ । बच्चाहरु रमाए । के गल्ती भयो ?’

‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु,’ श्रृंखलाले थपिन्, ‘धर्मनिरपेक्ष मुलुकमा क्रिसमस टोपीलाई लिएर विवाद गर्नु आवश्यक छैन । फेरि यो कुनै क्रिस्चियन संस्था वा आइएनजीओले प्रायोजन गरेको पनि होइन ।’



प्रतिक्रिया दिनुहोस्