Logo

सरकार असफल भइसक्यो, राजपाको समर्थनको औचित्य देखिएन : यादव



पुष २६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले केपी ओली नेतृत्वको सरकारले जनतालाई आश्वस्त पार्न नसकेको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले अझै पनि राजनीतिक गतिविधी सन्तोषजनक नभएको बताए ।

सरकारलाई राजपाले समर्थन गर्नुको औचित्य पनि नदेखिएको उनले बताए । जसरी परिणाम देखिनुपर्ने हो त्यसरी सरकारले काम गर्न नसकेको यादवले बताए ।

नयाँ शाषन प्रणालीलाई व्यवहारमा उतार्न समस्या हुनु स्वभाविक भए पनि अरु धेरै कुरामा सरकार असफल भएको यादवको भनाई छ ।

राजपा संविधान संशोधनको मुद्धाबाट पछि नहटेको पनि यादवले स्पष्ट पारे । संविधान संशोधनकै लागि सरकारलाई समर्थन गरिएको उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्