Logo

बमजनमाथि नेपाल प्रहरीले किन लगायो यस्तो आरोप, के उनी बलात्कारी हुन ? (भिडियोसहित)



काठमाडौं, २६ पुस । तपस्वी रामबहादुर बमजनमाथि लागेको आरोपमा आफूहरुले अनुशन्धान गरिरहेको छ । बमजनको आश्रमबाट केही व्यक्तिहरु बेपत्ता भएको सूचनाका आधारमा नै आफूहरुले अशुन्धान सुरु गरेको नेपाल प्रहरीका सहायक प्रवक्ता एसपी रामभक्त जोशीले जनाए ।

बुधबार प्राईम टाईम्स् टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै जोशीले यस्तो बताएका हुन् । उनले भने,‘जनताको जीउधनको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । यो विषयमा हामीलाई सुचना आएपछि हामीले अत्यन्तै गम्भिर रुपमा अनुशन्धान गरिरहेका छौं ।

बमजनका अनुयायी एवम् पूर्वमन्त्री समेत रहेका मणि लामाले भने आफूहरुले बमजनको बचाउ गरेको भन्दापनि सत्य कुरा बोलेको स्पष्ट पारे । उनले भने,‘त्यस्तो परमात्मा गुरुलाई कहाँ बचाउ गर्नुपर्छ ? जो ब्रम्हाण्ड परिवर्तनको लागि उहाँले त्यत्रो वर्ष निराहार तपस्या बस्नुभयो । उहाँ त हाम्रो देशको गौरवको विषय भैसक्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्