Logo

जोशीलाई इजलासबाट हटाउनु कारण के हो ? यसो भन्छन् प्रधानन्यायाधीश जबरा



काठमाडौं, २७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको स्पष्ट पारेका छन् ।

बहालवाला वरिष्ठ न्यायाधीश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एशोसिएशनले प्रश्न उठाइरहेका बेला प्रधानन्यायाधीश जबराले न्यायको बाटो छोडेर कूबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनुपरेको स्पष्टीकरण दिएका हुन् ।

‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधीशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधीश जबराको भनाई छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ न्यायाधीश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको द्धिपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्