Logo

बमजन प्रकरणबारे छानबिन आयोग गठन गर्न सरकारसँग लामाको माग (भिडियोसहित)



काठमाडौं, २८ पुस । तपस्वी रामबहादुर बमजनको बोधि धर्म संघका संस्थापक एवम् अनुयायी मणि लामाले बमजन प्रकरणको बास्तविकता बाहिर ल्याउनको लागि सरकारले नै उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

पूर्व राज्यमन्त्रीसमेत रहेका लामाले बमजन आश्रममा प्रहरीले धरपकड गरिरहेको पनि आरोप लगाएका छन् । लामाले यो प्रकरणको बास्तविकता जनतासामू ल्याउनको लागि आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लामाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेटेर यस्तो माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्