Logo

नायिका रेखा थापालाई साहित्यकार तथा पत्रकारहरुको प्रश्न



काठमाडौ, २८ पुस । छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियानकी अभियान्ता एवम् चर्चित नायिका रेखा थापाले परिवर्तन मनबाटै हुनुपर्ने बताएकी छिन ।

काठमाडौंको थापाथलीस्थित् मार्टिन चौतारीमा आयोजित कार्यक्रम आह्वानमा बोल्दै थापाले यस्तो आह्वान गरेकी हुन । महिलाहरुले अर्काको दृस्ठिकोणमा बाच्नुपर्ने बाध्याताको अन्त्य गर्न उक्त अभियान सुरु गरेक बताईन ।

नायिका थापाले भनिन्,”फेसनभन्दा पनि विचारको आधारमा कलाकारिता गर्नुपर्छ, छोरीको निम्ति जुन अभियान थालिएको छ, मेरो मात्रै अभियान होइन, सम्पुर्णको हो । यसमा सबैको साथ र सहयोग रहनुपर्छ । म यहीँबाट अपिल गर्न चाहन्छु ।”

आह्वानमा छोरीको निम्ति स्वर्णिम नेपाल अभियान र नेपाली कथानक चलचित्र मालिकाको बारेमा नायिका थापालाई साहित्यकार र पत्रकारहरुले प्रश्न सोधेका थिए ।



प्रतिक्रिया दिनुहोस्