Logo

ओलीका विश्वासपात्र भन्छन् : गोविन्द केसी भ्रष्टाचारी हो, तत्काल जेल हाल्नुपर्छ (भिडियोसहित)



काठमाडौं, २८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीले अनशनत डाक्टर गोविन्द केसीलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् । उनले केसीलाई सरकारले तत्काल अनशनस्थलबाट पक्राउ गरि जेल हाल्नुपर्नेपनि बताएका छन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् । अधिकारीले नेपाली कांग्रेसले विधिको शासन, कानुनी शासन मान्छ कि मान्दै अब प्रश्न उठ्ने बताए ।

अधिकारीले भनेका छन्,‘नेपाल सरकारको जागिरेले निर्मला पन्तको हत्यारा पत्ता लगाई पाउँ ? द्धन्द्धकालको समस्याहरु समाधान गरि पाउँ र माथेमा आयोगको कार्यदलमा रहेकै व्यक्तिलाई कारबाही गरि पाउँ भनेर आमरण अशन बस्नुहुन्छ ?’

तर, कार्यक्रममा सँगै रहेका कांग्रेस युवा प्रदीप पौडेलले भने उनको अभिव्यक्तिको प्रतिवाद गरेका थिए । केसीसँग नेपालका सरकारहरुले १५ औं पटकसम्म मसि चोपेर नै सम्झौता गरेको तर सम्झौता कार्यान्वयन नगरेको पौडेलको गुनासो छ । उनले भने,‘यसले नै देखाउँछ कि नेपालका सरकारहरु कत्ति अनुत्तरदायी छन् भनेर ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot