Logo

सहकारीबाटै मुलुकको आर्थिक र विकास समृद्धि सम्भव छः उपप्रमुख भूषाल



कौरव खत्रीः गुल्मी २८ पौष । बाग्लुङ्गको बडिगाड गाँउपालिका २ खर्वाङ्गमा रहेको नव प्रतिभा बचत तथा क्रृण सहकारी संस्था लि.२२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गदै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाग्लुङ्गका उपप्रमुख बिष्णुप्रसाद भूषालले सहकारीबाटै मुलुकको आर्थिक समृद्धि र विकास सम्भव भएको बताए ।

साथै भूषालले भने सहकारीले अव कृषि उत्पादनमा जोड दिनुपर्ने भन्दै सहकारी पनि विकासको एउटा मेरुदण्ड भएकोले राज्यले पनि सहकारीलाई विशेष जोड दिएको बताउदै उनले भने पछिल्लो समयमा नव प्रतिभा बचत तथा क्रृण सहकारी आर्थिकसँगै सामाजिक क्षेत्रमा समेत राम्रो काम गरेको बताए

सोही अवसरमा नेकपाका प्रतिनिधि ढालेन्द्र शेरचन,नेपाली काँगे्रसका प्रतिनिधि डालेश्वर भूषाल, राजमोका प्रतिनिधि भिमलाल पोखरेल, सम्पूर्ण विद्यालयको प्रतिनिधित्व गदै बेद प्रसाद पोखरेल, सम्पूर्ण सहकारीहरुको प्रतिनिधित्व गदै विना थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा सहकारीका शेयर सदस्यहरुका छोराछोरीहरु कक्षा १२ बाट उत्कृष्ट अकं ल्याउने २ छात्र÷छात्राहरुलाई करुवा सम्मान पत्रले सम्मान गरिएको थियो यस्तै ५ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला करुवा र सम्मान पत्रले सम्मान गरिएको थियो । भने ५ जना शेयर सदस्य असली क्रृणीहरुलाई समेत दोसल्ला करुवा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्यालले संस्थाको आर्थिक वर्ष २०७४÷०७५को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारी संस्थाका कोषाध्यक्ष खगिश्वर अर्यालले आर्थिक वर्ष २०७४÷०७५को ११करोड,२५लाख,६५हजार,८सय,३९रुपैया बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै सहकारी संञ्चालक समितिका सचिव दुर्गादत्त अर्यालले चालु आर्थिक वर्ष २०७५÷०७६को १ करोड,६५ लाख,६४हजार सहित आम्दानीको लक्ष्य रहेको प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाग्लुङ्गका उपप्रमुख बिष्णुप्रसाद भूषालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रेमलाल अर्यालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सहकारी संस्था संञ्चालक समितिका सचिव दुर्गादत्त अर्यालले गरेका थिए ।

२०५४ सालमा स्थापना भएको नव प्रतिभा बचत तथा क्रृण सहकारी संस्थामा हालसम्म १ हजार,३सय,६२ जना शेयर सदस्यहरु आवद्ध रहेको सहकारीले आगामी आर्थिक वर्ष २०७५÷०७६को लागि प्रस्तावित कार्यक्रमहरु अन्तर्गत शेयर सदस्यको दुर्घटनामा मुत्यु भएमा प्रतिव्यक्ति २० हजार दुर्घटना राहत दिने र शेयर सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति ५ हजार दिने लगायतका प्रस्तावित कार्यक्रमहरु समेत प्रस्तुत गरिएको सहकारी संञ्चालक समितिका सचिव दुर्गादत्त अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्