Logo

लिभरपुलद्धारा १–० गोल अन्तरले ब्राइटन पराजीत



काठमाडौं,२९ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत लिभरपुलले ब्राइटनविरुद्ध १–० गोल अन्तरले हराएको छ ।यो जीतसंगै लिभरपुल अंक तालिकामा ७ अंकको अग्रता बनाउन सफल भएको छ।

गए राति भएको खेलमा ब्राइटनविरुद्ध १–० को जित निकाल्दै लिभरपुलले तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो ।

मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । खेलको अन्तिम सम्म बाँकि गोल हुन नसकेपछि लिभर पुल विजयी भएको हो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्