Logo

सांसदबीच विभेद गरियोः शून्य समय



काठमाडौँ,२९ पुस ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको बीचमा अर्थ मन्त्रालयले रकम विनियोजन गर्दा विभेद गरेको भन्दै यसलाई सच्याउन सरकार र सदनको ध्यानाकर्षण गर्नुभएको छ ।

संसद् सचिवालयले हाल कारोवार गर्दै आएको एभरेष्ट बैंकको विकल्पमा राष्ट्रिय वाणिज्य बैंक अथवा अन्य कुनै सरकारी बैंकबाट कारोवार गर्न र संसद् सचिवालयमा रहेको चमेना गृह थप व्यवस्थित गर्न सचिवालय माग गर्नुभयो ।

सरकारले हालै जारी गरेको मर्यादाक्रम सच्याउन, सरकार र डा गोविन्द केसीका बीचमा भएको सहमति अक्षरशः पालन गर्न, निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनसमेत सांसद्ले बैठकमा माग गर्नुभयो ।

यसरी आफ्नोे भनाइ राख्ने सांसदहरुमा लक्ष्मी परियार, लालकाजी गुरुङ, विनाकुमारी श्रेष्ठ, विन्दा पाण्डे, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ, सत्या पहाडी, सीतादेवी यादव, हरिराज अधिकारी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल र ज्ञानेन्द्रबहादुर कार्की हुुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्