Logo

‘वाईडबडी खरिद प्रकरणमा जोसुकै दोषी भएपनि कारबाही गर्नुपर्छ’



काठमाडौं, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादवले वाईडबडी खरिद प्रक्रियामा अनियमितता गर्ने जो कोही भएपनि दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । उनले भने,‘गलत गर्नेलाई दण्डित गर्नुपर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले यो प्रकरणमा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नाम कसरी मुछियो आफूलाई यसबारेमा थाहा नभएको स्पष्ट पारे ।

उनले भने,‘देउवाजीको नाम कसरी जोडियो ? मलाई थाहा छैन। सार्वजनिक लेखा समितिको प्रतिवेदनमा हाम्रो सभापतिको नाम छैन् । व्यक्ति विशेषलाई दोषारोपण गर्नुहुँदैन् । प्रमाणका आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।’

यद्धपी उनले यो प्रकरणमा गलत गर्ने जो कोही नेता तथा मन्त्री नै भएपनि कारबाही गर्नुपर्ने बताए । उनले सरकारको तर्फबाट संसदीय समितिको प्रतिवेदनलाई ढाकछोप गर्ने काम गर्न नहुने धारणा राखे । सरकारले समितिलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्