Logo

वाईडबडी प्रकरणमा मुछिएका पर्यटनमन्त्री अधिकारी भारतमा



काठमाडौँ, १ माघ । वाईडबडी विमान खरिद प्रकरणमा नाम मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारत गएका छन् । अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जनवरी १५ देखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी हिजो (सोमबार) साँझ भारत गएका हुन् । मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत गएका छन् ।



प्रतिक्रिया दिनुहोस्