Logo

हेर्नुहोस् २८ तस्वीरमा काठमाडौँ टुँडीखेलको मकर संक्रान्ति



काठमाडौं,१ माघ । मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका मगर समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा मकर सक्रान्ती मनाएका छन्।कार्यक्रममा ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर,महिलार बालबालीका तथा समाज कल्याण मन्त्री थममाया थापा मगर लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मगर संस्कृति, भेषभूषा, बाजागाजा र परम्परागत नाचगानको प्रस्तुती सहित मगर समुदायको परम्परा र संस्कृती देखाउने बिभीन्न खानका परिकारहरुपनि राखिएको थियो ।मङ्गलबार काठमाडौंको टुडीखेलमा समूदायले आफ्नो महानपर्व धुमधामका साथ मनाएका हुन् । यसै अवसर पारेर समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन् ।

काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ ।आजको दिन सूर्य मकर राशीमा प्रवेश गर्ने र उत्तरायण सुरु हुने हिन्दु पञ्चाङ्गको मान्यता छ । हिन्दु धर्ममा यो दिनलाई विभिन्न धार्मिक अनुष्ठान आरम्भ हुने दिनेको रुपमा लिइन्छ ।फोटोःमुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्