Logo

बढ्दै बलात्कार : दैनिक १० जनामाथि करणी



माघ २, काठमाण्डौ । शान्तिको प्रतिक रहेको देश नेपाल अहिले अशान्तिको प्रतिक बनेको छ । बलात्कार, हत्या, चोरी, डकैती र अपहरण जस्ता अपराधले गर्दा देशभरी अशान्ति फैलिदै गइरहेको छ । दुई तिहाईको सरकार पाएपनि देशले शान्तिको वातावरण पाउन सकेको छैन् ।

पछिल्लो समय बलात्कारको घटना बढ्दै गएको पाईन्छ । यस्ता घटनाको संख्या विगतमा पनि धेरै हुन्थ्यो । तर सार्वजनिक हुँदैनथ्यो । अहिले सार्वजनिक क्रम बढेसँगै बलात्कार लगायत अपराधिक घटनाको तथ्याङ्क उकालो लागेको हो ।

आर्थिक वर्ष २०७२–७३ मा नेपालमा प्रति दिन ३ जना जबरजस्ती करण्ी र १ जना जबरजस्ती करण्ी उद्योगको उजुरी आउने गर्दथ्यो । आर्थीक वर्ष २०७३–७४ को तथ्याङ्क पनि अघिल्लो वर्षकै जति थियो । त्यस्तै आर्थिक वर्ष २०७४–७५ मा प्रति दिन ४ जना जबरजस्ती करण्ी र २ जना जबरजस्ती करण्ी उद्योगका शिकार भएका थिए । चालु आर्थीक वर्ष २०७५–७६ को चार महिनामा मात्र प्रति दिन ६ जना जबरजस्ती करणी र ४ जना जबरजस्ती करण्ी उद्योगको उद्योगको उजुरी परेको छ ।

विगतमा भएको बलात्कार जस्ता जगन्य अपराधहरु जनप्रतिनिधीद्वारा समाजमा लुकाउने गरिन्थ्यो । पछिल्लो समय यस्ता घटना सार्वजनिक गर्ने क्रम बढेसँगै तथ्याङ्कमा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७४–७५ मा दर्ता भएको कुल १ हजार ४ सय ८० जबरजस्ती करणी र ७ सय ३७ जबरजस्ती करणी उद्योग मध्ये १ हजार ४ सय १६ जबरजस्ती करणी मुद्दा फर्छयौट भएको र ६४ वटा बाँकी रहेको छ ।

७ सय २४ जबरजस्ती करणी उद्योग मुद्दा फर्छयौट भएको र ३ वटा बाँकी रहेको छ । चालु आर्थीक वर्ष २०७५–७६ को मात्र ४ महिनामा कुल ७ सय ८६ जबरजस्ती करणी र ३ सय २८ जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्