Logo

नेविसंघको म्याद थप्ने/नथप्नेबारे देउवा–पौडेलबीच मत विभाजित



काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नेविसंघको म्याद थप्ने वा नथप्ने भन्ने विषयमा मत विभाजित भएको छ । नेविसंघले पटक–पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ ।

पूर्व्निर्धा्रित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको भए पनि नेतृत्वको असफलताले सिंगो नेविसंघ नै ध्वस्त हुने स्थितिमा पुगेको छ । नेविसंघको पछिल्लो समय थपिएको कार्यकाल आज सकिएपछि सभापति देउवा र पौडेलबीच आज भेटवार्ता भएको हो ।

देउवाले यही माघ १० गते बस्ने पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा नेविसंघको म्याद थप्ने वा नथप्नेबारे निर्णय गर्ने बताएका छन् । तर, पौडेल भने कुनैपनि हालतमा म्याद थप्न नहुने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्