Logo

कोहलपुरमा प्रहरीले चलाएको गोली लागेर गिरी घाईते



काठमाडौं, २ माघ । बाँकेको कोहलपुरमा प्रहरीले चलाएको गोली लागेर युवराज गिरी घाईते भएका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर जिल्लाको राप्ती सोनारी गाउँपालिकाका २१ वर्षीय गिरी घाइते भएको प्रहरीले जानकारी दिएको  छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको बताइएको छ ।

गत पुस २६ गते प्रहरी सहायक निरीक्षक असईको परिक्षामा सहभागी हुन आएका सुर्खेतका दिपक सिंहको कोहलपुरमा घाटी रेटेर हत्या गरिएको थियो । सिंहको घाँटी रेटेर हत्या गरेको घट्नामा युवाराज गिरी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछी बुधवार उनलाई नियन्त्रणमा लिएको हो ।



प्रतिक्रिया दिनुहोस्