Logo

नेपाली बालिकामथि विदेशी नागरिकको यौन दृष्टी



माघ ३, काठमाण्डौ । शास्त्रका अनुसार बाल–बालिका भगवानका रुप मानिन्छन भने विज्ञान तथा विकासका हिसाबले देशका धरोहर । देशका भविष्य नै बर्बाद भएपछि विकासको ऐना देख्न कसरी सम्भव होला त ?

देशभरी ठाउँ–ठाउँमा बाल बालिकाका साथ विभिन्न प्रकारका जगन्य अपराध हुदै गइरहेकाले नेपाल विकासको क्षेत्रमा निकै पछाडी परेको देखिन्छ ।

खेल्ने र सभ्यताका पाठ सिक्ने उमेरका बालबालिकाहरु नै अपराधीक घटनाको सिकार भएपछि समाज कता जाला ? हो, नेपाली समाजमा बाल यौन दुराचारीको विगविगी छ । किशोरावस्थाका सन्तानप्रति अभिभावकको लापरबाहीकै कारण सात समुद्रपारिबाट नेपाल धाउने यौन दुराचारीको संख्या बढेको छ ।

बाल यौन दुराचारीमा संलग्नको संख्यामा नेपाली नागरिक होइन, विदेशी नागयरिक बढि छन् । संघीय राजधानी काठमाडौँमा मात्र पछिल्लो २ वर्षमा बाल यौन दुराचार गरेको आरोपमा १७ वटा मुद्दा परेका छन् । त्यसमध्ये ८ वटा मुद्धा मात्रै किनारा लागेको छ । त्यसैगरी १० जना बाल यौन दुराचारी पक्राउ परेका छन् । पक्राउ परेका सबै अपराधी पुरुष रहेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमा ९ जना विदेशी र १ जना मात्र नेपाली नागरीक हुन् ।

यस्ता प्रकारका अपराधीक घटना रोक्न नेपाल प्रहरी पूर्ण रुपमा प्रयासरत रहेको प्रवक्ता सुवेदी बताउनुहुन्छ । जनचेतनाको अभावकै कारण यस्तो घटना हुने गरेको नेपाल प्रहरीको विश्लेषण छ । ।

बालबालिकालाई यौन हिंसाबाट बचाउने हो भने उनीहरूलाई अपरिचित मानिससँग एक्लै नछोड्ने र उनीहरूले आफूप्रति भएको नराम्रो व्यवहारबारे भने ध्यान दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्