काठमाडौँ,३ माघ । काँग्रेस सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी तोकेपछी डोटेली जनताले आजको दिनलाई कालो दिवशको रुपमा मनाउने तयारी गरेका छन ।
हातमा कालोपट्टी बाँधेर विरोध प्रर्दशनको तयारीमा रहेको उद्योग बाणिज्य संघ डोटीका महासचिब दिपकबहादुर खड्काले जानकारी गराएका छन ।६ सय बर्ष पुरानो डोटीको प्रशासनिक तथा राजनैतिक ईतिहास समाप्त गरेको भन्दै डोटीका लागी माघ ३ गते कालो दिन भएको दिपायल राजधानी संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताउन्छन ।
सुदूरपश्चिम बिकास क्षेत्रको क्षेत्रिय सदरमुकाम रहेको दिपायललाई बेवास्तागरी राजधानी कैलाली तोकिएको भन्दै डोटीमा ६४ दिनसम्म आन्दोलन भएको थियो ।
२०७४ साल माघ ३ गते तत्कालीन देउवा नेतृत्वको सरकारले कैलालीको धनगढी अस्थायी राजधानीको रुपमा घोषणा गरेको थियो ।अहिले सरकारले कैलालीकै गोदावरीलाई राजधानीको रुपमा घोषणा गरिसकेको छ ।




प्रतिक्रिया