Logo

सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने



काठमाडौं ४ माघ । सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ ।बिहीबार श्रम मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले रोजगार संयोजक नियुक्त गर्ने जनाएको हो ।

संयोजकका लागि १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासु बराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको योग्यता चाहिने मन्त्रालयले जनाएको छ । रोजगार संयोजकले स्थानीय तह मातहतमै बसेर रोजगारसम्बन्धी सेवा दिनेछन् ।



प्रतिक्रिया दिनुहोस्