Logo

अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय



काठमाडौं ४ माघ । मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लिइने व्यवस्था थियो ।



प्रतिक्रिया दिनुहोस्