Logo

विश्वका दुई-चारवटा ठूला कम्पनीलाई भित्र्याउन सकेमात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता पाउनेछ:प्रा.डा. पोखरेल



काठमाडौँ,४ माघ ।प्रा.डा. गोविन्दराज पोखरेलका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘उहाँको पार्टीले जे जस्तो नीति लिएपनि, उहाँ घोर पुँजीवादीहरु आउने फोरममा सहभागी हुन जाँदै हुनुहुन्छ, यो राम्रो कुरा हो ।’मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास दिलाए ।

माक्र्सवादी र लेनीनवादी मार्गदर्शन बोकेको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुँजीवादको सम्मेलनमा जानु खुशीको कुरा भएको बताउँदै उनले मुलुकको पुँजीवादको विकासमा सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भन,“विश्वका दुई÷चारवटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सकेमात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ । एप्पल र सामसुङजस्तो बहुअन्तर्राष्ट्रिय कम्पनी नेपाल ल्याउन सके अरु लगानीकर्ता आँफै आउँछन् ।”



प्रतिक्रिया दिनुहोस्