Logo

अर्यालको ‘लोकतान्त्रिक सामन्तवाद’ विमोचन



काठमाडौँ, ४ माघ । लेखक सुदर्शन अर्याल ‘शीतल’द्वारा लिखित ‘लोकतान्त्रिक सामन्तवाद’ विमोचन गरिएको छ । लोकतन्त्रमा समन्तवादलाई समावेश गरेर लेखिएको पुस्तकको राजनीतिक चिन्तक प्रा डा सुरेन्द्र केसीले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरे। कार्यक्रममा डा केसीले लोकतन्त्रकको आवरणमा पक्षपात र सामन्तवादी आचरण मौलाउँदै गएको बताए ।

पुस्तकका लेखक अर्यालले मुलुकको आन्तरिक सत्यता लोकतान्त्रिक सामन्तवाद पुस्तकमा लेखिएको बताए। उनले लोकतन्त्र प्राप्तिका लागि राखेका उद्देश्य पूरा भएको छ कि छैन भन्ने बारेमा पुस्तकमा समावेश गरिएको स्पष्ट पारे।



प्रतिक्रिया दिनुहोस्