Logo

प्रधानमन्त्री ओलीले आज दिनभरि बालुवाटारमै आराम गर्ने



काठमाडौं, ५ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली आज शनिबार दिनभरि आराममा बस्ने भएका छन् । हिजो प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँग प्रश्नको जवाफ दिएका ओली दिनभरि व्यस्त रहे । धेरै धपेडी भएपछि ओली आज शनिबार दिनभरि प्रधानमन्त्री निवास बालुवाटारमै आराम गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार ओली आज दिनभरि आराम गरेर बस्ने कार्यक्रम रहेको छ । उनले भने,‘आज उहाँ कुनैपनि सार्वजनिक कार्यक्रममा भाग लिन जानु हुँदैन् । दिनभरि बालुवटारमा आराम गर्ने कार्यक्रम छ ।’ प्रधानमन्त्री ओली भोलि ६ दिने भ्रमणको लागि स्विटजरल्याण्ड जाने कार्यक्रम छ । ओलीले त्यहाँ वल्र्ड ईकोनोमी फोरममा भाग लिने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्