Logo

‘चीन-अमेरिका व्यापार वार्ताले विवाद ‘ब्रेक-थ्रु ’ गरेको छैन’



वासिङटन, संयुक्त राज्य अमेरिका, ५ माघ : ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताउनुभएको छ ।

हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन विवादमा केही प्रगति गरेका छौँ, राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा राष्ट्रिय आर्थिक परिषद्का निर्देशक कुड्लाले अमेरिकी टेलिभिजन फक्स विजिनेसलाई बताउनुभएको उक्त सञ्चारमाध्यमले जनाएको छ ।
तर उहाँले थप्नुभयो, “केही पनि समाधान भएको छैन, कागजमा केही सम्झौता भएको छैन ।”

“सहमतिबारे आएका हालैका समाचारहरू सही होइनन्,” उहाँले थप्नुभयो । बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको भन्ने ब्लुमवर्गको समाचारलाई खण्डन गर्नेगरी आएको हो । अमेरिकाले व्यापार विवाद सुल्झाउन यसै महिना आफ्नो प्रतिनिधिमण्डललाई बेइजिङ पठाएको थियो । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्