काठमाडौं, ६ माघ । सडक विस्तार गर्दा मुआब्जा नदिएको भन्दै नुवाकोटको पिपलटारदेखि ढुङेसम्म स्थानीयवासीहरुले आज सडक अवरुद्ध गरेका छन् ।
एराप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदीप विक्रम राणाको आह्वानमा आज बन्द गरिएको स्रोतले जानकारी दिएको छ। सडक विस्तार गर्दा सरकारले स्थानीयवासीहरुलाई मुआब्जा नदिईकन जबरजस्ती विस्तार गर्न लागेकोले आफूहरुले बाध्य भएर सवारी आवागमन ठप्प पारेको सह–महामन्त्री राणाले जनाए ।




प्रतिक्रिया