Logo

एन्फा अध्यक्ष कर्मा छिरिङलाई जेल हाल्ने तयारी



 

काठमाडौं, ६ माघ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा छानबिन गर्ने भएको छ ।

पुस दोस्रो साता काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले एन्फा निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए । सोही प्रकरणमा अख्तियारले उनीविरुद्ध छानबिन प्रक्रिया अघि बढाउने भएको छ ।

निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, अदालतमा पनि आर्थिक चलखेलमार्फत् प्रभाव पार्न खोजेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनअघि ठूलो धनराशी खर्चेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशी खर्चेको लगायतका कुराकानी अडियो टेपमा छ ।

नौ महिने कार्यकालमा शेर्पाले खासै राम्रो काम नगरेको पनि एन्फाभित्रैबाट आरोप लाग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्