Logo

‘प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले हामीलाई दुःख लागेको छ’



काठमाडौं, ६ माघ । डाक्टर केसीका समर्थक डा. अभिषेक प्रताप सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आफूहरुलाई दुःख लागेको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले हामीलाई दुःख लागेको छ । अब राज्यमाथि शंकाको प्रश्न उठेको छ।’

सरकारले अहिले ईगो देखाईरहेको पनि उनले गुनासो पोखे । सिंहले भने,‘डाक्टर केसी तीन करोड नेपालीको हित र पक्षमा सत्याग्रहमा हुनुहुन्छ । तर, सरकारले आँफै गरेको सम्झौता पालना गरेन । समस्या राज्यबाट नै सिर्जना भएको छ । अब समाधानपनि उहाँहरुबाटै हुनुपर्छ ।’

उनले वर्तमान सरकार मुद्दा केन्द्रित नभएको पनि जिकिर गरे । आफुहरु शान्तिपूर्ण रुपमा आवाज बुलन्द गर्ने पक्षमा रहेको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्