Logo

चार वर्षमा २६ हजारले गरे आत्महत्या, सबैभन्दा बढि झुण्डिए



माघ ६, काठमाण्डौ । नेपाली समाजमा देखा परेका विभिन्न विकृतिहरुमध्ये आत्महत्या पनि एक हो । पछिल्लो साँढे चार वर्षमा मात्रै २६ हजार १ सय ३३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सबैभन्दा बढि झुण्डिएर आत्महत्या भएको छ ।

नेपालमा आत्महत्या गर्नेहरुको संख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढि आत्महत्या झुण्डिएर गरिएको छ । त्यसपछि बिष खाएर आत्महत्या गर्नेको संख्या बढी छ । आत्महत्या गर्नेहरुका तरीका भिन्न–भिन्न प्रकारका छन् । जस्तै आगो लगाएर, हाम फालेर, करेण्ट लागेर र विभिन्न हात हतियारको प्रयोग तथा डुबेर । आर्थीक वर्ष २०७०–७१ मा नेपालमा कुल ३ हजार ८० जना झुण्डिएर आत्महत्या गरेका थिए र १ हजार ३ सय ७ जना बिष खाएर ।

आर्थिक वर्ष २०७१–७२ मा देशभरी कुल ३ हजार १ सय ५ जना झुण्डिएर आत्महत्या गरेका थिए भने बिष खाएर १ हजार ९० जना । त्यस्तै आर्थीक वर्ष २०७२–७३ मा कुल ३ हजार ३ सय ७६ जना झुण्डिएर आत्महत्या गरे र १ हजार १ सय ८६ जना बिष खाएर ।

आर्थिक वर्ष २०७३–७४ मा ३ हजार ७ सय ६१ जना झुण्डिएका साथै १ हजार २ सय १५ जना बिष खाएर आफना ज्यान गुमाएका थिए । आर्थीक वर्ष २०७४–७५ मा झुण्डिएर आत्महत्या गर्नैको संख्या कुल ३ हजार ८ सय ६८ र बिष खाएको संख्या कुल १ हजार ३ सय ६३ रहेको थियो ।

त्यसैगरी चालु आर्थीक वर्ष २०७५–७६ को ५ महिनामा मात्र तथ्याङ्क हेर्ने हो भने कुल १ हजार ५ सय ९२ जनाले झुण्डिएर ज्यान गुमाईसकेका छन भने बिष खाएर कुल ५ सय ३२ जना । आर्थीक वर्ष २०७०–७१ देखि चालु आर्थीक वर्षको मंसिरसम्म कुल २६ हजार १ सय ३३ जनाले विभिन्न तरीकाले आत्महत्या गरीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्